सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पद्वारा विटकफ र कुश्नरको इस्लामावाद भ्रमण रद्द

शनिबार, १२ वैशाख २०८३, २२ : ४६
शनिबार, १२ वैशाख २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरेका छन्।
  • इरानी विदेश मन्त्री अब्बास अरागची इस्लामावाद भ्रमणपछि ओमानको राजधानी मस्कटतर्फ प्रस्थान गरेका छन्।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरेका छन् ।

फक्स न्युजका अनुसार, ट्रम्पले भनेका छन्, “हामीसँग सबै कार्ड छन् । उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन्, तर अब १८ घण्टाको उडान भरेर बेकारको कुराकानीका लागि मात्रै हामी जाँदैनौँ ।”

यसैबिच, इरानी विदेश मन्त्री अब्बास अरागची पनि इस्लामावादबाट फर्किसकेका छन् । उनले आफ्नो इस्लामावाद भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका थिए ।

यता पाकिस्तानी अधिकारीहरूले इरानी विदेश मन्त्री अरागची आइतबार वा सोमबार पुनः इस्लामावाद फर्कन सक्ने आशा राखेको सीबीएस न्युजले जनाएको छ । अरागची हाल ओमानको राजधानी मस्कटतर्फ गइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप