लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा
आइतबार, १३ वैशाख २०८३, ०७ : ४९
सारांश
- कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
- लागूऔषध मुद्दा मिलाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका क्षेत्रीमाथि आयोगले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई शनिबार पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित वैशाख १२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगका अनुसार पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण