सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उच्च अदालत बुटवलको जग्गामा रहेका घरटहरा स्थानीय आफैले खाली गर्न थाले

आइतबार, १३ वैशाख २०८३, १० : १०
आइतबार, १३ वैशाख २०८३

सारांश

  • बुटवल उपमहानगरपालिकाको सूचनापछि उच्च अदालतको जग्गामा रहेका घरटहरा स्थानीयले आफैँ खाली गर्न थालेका छन्।
  • अदालतको स्वामित्वमा रहेको करिब दुई बिघाभन्दा बढी जग्गामा रहेका दुई दर्जन बढी संरचना हटाउने कार्य तीव्र बनेको छ।
  • नापी कार्य सम्पन्न भएपछि बाँकी रहेका संरचना हटाउन डोजर प्रयोग गरिने प्रहरीले जनाएको छ।

बुटवल । बुटवल उपमहानगरपालिकाको सूचना पछि उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा बनेका घर–टहरा हटाउन स्थानीयले आफैँ खाली गर्न थालेका छन्। हिजो साँझ माइकिङ गर्दै घर–टहरा हटाउन आग्रह गरिएपछि बुटवल–४ क्षेत्रमा रहेका बासिन्दाले गएरातिदेखि नै सामान सार्न सुरु गरेका थिए। 

आज बिहानैदेखि त्यहाँ रहेका केही टहरा धनीले आफ्नो संरचना हटाउँदै अन्यत्र सर्न थालेका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गराउने काम तीव्र बनेको हो। उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको जनाइएको छ।

साबिक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) मा पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउन उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो। सो जग्गा पहिले लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालतलाई भोगाधिकार दिइएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार नापी कार्य सम्पन्न भइसकेपछि डोजर चलाउने रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप