शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेयर हमालको टोली अपि बेस क्याम्पतर्फ

सोमबार, १४ वैशाख २०८३, ०७ : २८
सोमबार, १४ वैशाख २०८३

धनगढी ।  सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ।

 'हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ' भन्ने नाराका साथ उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० जनाको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।

सुदूरपश्चिमका पर्यटकीय स्थलहरूलाई देश-विदेशमा चिनाउने उद्देश्यले मेयर हमाल आफैँ यो यात्रामा सहभागी भएका हुन्। 

सोमबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच बाजागाजा र फूलमालासहित टोलीलाई भव्य बिदाइ गरिएको थियो।

मेयर हमालले यसअघि उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा पनि 'सुन्दर सुदूरपश्चिम' अभियान सुरु गरेका थिए। सोही अभियानको निरन्तरता स्वरूप अहिले स्थानीय सरकारको तर्फबाट हिमाल र पर्यटकीय क्षेत्रको प्रचारका लागि यो कदम चालिएको उनले बताए।

१० दिनको कार्यतालिका सहित निस्किएको यो टोलीले अपि हिमालको आधार शिविरसम्मको पदयात्रा गर्नेछ। धनगढीबाट बसमा यात्रा सुरु गरेको टोलीले पैदल यात्रा गर्दै बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप