सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसको देउवा समूहको बैठक बस्दै

मङ्गलबार, १५ वैशाख २०८३, ०८ : ०५
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक आज बस्दैछ ।
  • पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा समूहको अबको रणनीतिबारे छलफल हुनेछ ।
  • सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन यो बैठक बोलाइएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक आज बस्दै छ । बैठक सोही समूहका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएका हुन् । 

काठमाडौँको महाराजगन्ज स्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्। बैठकमा समूहको अबको रणनीतिबारे छलफल हुनेछ। 

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन खड्काले बैठक बोलाएका हुन्। बैठकमा डाक्टर शेखर कोइराला समूह भने नजाने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप