देउवा पक्षको भेलामा शेखर समूह नजाने
मङ्गलबार, १५ वैशाख २०८३, ११ : ३९
सारांश
- कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।
- निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए ।
- देउवा समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भेला बोलाएका छन् ।
काठमाडौँ । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।
निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए ।
देउवा समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । त्यो भेलाबारे खड्काले शेखर समूहका नेता डा. शेखर कोइरालालाई जानकारी गराएका थिए ।
डा. कोइरालाले 'भेला गर्नुस्, आफ्नो विचार के हो त्यसबारे धारणा बनाउनुस् तर, हामी आउँदैनौँ' भनेर खड्कालाई भनेको उनी निकट एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण