मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौँडामा गाडीमा च्यापिएर सहचालकको मृत्यु

मङ्गलबार, १५ वैशाख २०८३, १२ : ०८
मङ्गलबार, १५ वैशाख २०८३

हेटौँडा । हेटौँडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा हेटौँडामा ट्रक सफा गर्ने क्रममा सोही गाडीमा च्यापिएर सहचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्साको पर्सागढी गाउँपालिका–३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारु छन् ।   रोकिराखेको ना. ७ ख.७०१८ नम्बरको लहरी ट्रकको अगाडिको भागको सिसा पुछिरहेको अवस्थामा चालकले गाडी चलाएपछि राजमार्ग छेउमा अगाडि रोकिराखेको ना ६.ख.४२८९ नम्बरको ट्रक पछाडि ठोक्किँदा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । 

प्रवक्ता बोगटीका अनुसार लहरीका चालक पर्सा ठोरी गाउँपालिका–१ ३२ वर्षीय एकराज तिमिल्सेना र अर्का चालक उदयपुरका २९ वर्षीय भविस तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप