अध्यादेश ल्याउन लागिएकाेप्रति कांग्रेसको आपत्ति : भन्याे, ‘संसदीय पद्धतिमाथि उपहास’
सारांश
- कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको अध्यादेश लोकतान्त्रिक मूल्य र संसदीय पद्धतिमाथिको प्रहार भएको बताएका छन्।
- उनले स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले संसदीय सर्वोच्चतालाई कमजोर बनाएको र यसलाई विधिको शासनमाथिको उपहास भनेका छन्।
- कांग्रेसले तत्काल अध्यादेश फिर्ता लिएर संसद् आह्वान गर्न र निर्वाचित संस्थामार्फत निर्णय प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेकाे अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् ।
यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय पद्धतिमाथिको प्रहार भएकाे उनले बताए। नेपाली कांग्रेसका महामन्त्री पौडेलले मङ्गलबार सरकारको कदमलाई “जनमतप्रतिको गैर जिम्मेवारी” को संज्ञा दिएका हुन्।
उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारले आफ्नै सांसदमाथि विश्वास गर्न नसकेको प्रश्न उठाउँदै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले संसदीय सर्वोच्चतालाई कमजोर बनाएको टिप्पणी गरे। “यो विधिको शासनमाथिको उपहास मात्र होइन, जनताको अपमान पनि हो,” वक्तव्यमा उल्लेख छ।
पौडेलका अनुसार सरकारको यस्तो कदमले आफ्नै दलका निर्वाचित प्रतिनिधिहरूप्रति समेत अनुत्तरदायित्व झल्काउँछ। उनले लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा माथि कोही हुन नसक्ने स्मरण गराउँदै संसदीय जवाफदेहितालाई पूर्ण पारदर्शी बनाउन आग्रह गरेका छन्।
कांग्रेसले तत्काल अध्यादेश फिर्ता लिन, संसद् आह्वान गर्न र जननिर्वाचित संस्थामार्फत मात्र निर्णय प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण