शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

महावीरले गरे सम्पत्ति विवरण सार्वजनिक, ३ तोला सुन

बुधबार, १६ वैशाख २०८३, ११ : ५०
बुधबार, १६ वैशाख २०८३

सारांश

  • म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
  • पुनले सार्वजनिक गरेको विवरणमा श्रीमतीको नाममा इष्टमित्रबाट उपहारस्वरुप प्राप्त करिब तीन तोला सुन रहेको उल्लेख छ ।
  • उनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा गरी करिब २९ लाख रुपैयाँ नगद रहेको र कास्कीमा २७ रोपनीभन्दा बढी जग्गा रहेको पनि जनाएका छन् ।

काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । 

साथै, उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ ।

681219391_10164857278720479_1322215927415640121_n1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप