वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान गरेको छ । अँध्यारोका कारण राति वन्यजन्तुको जोखिम बढी हुने क्षेत्रहरूमा सौर्यबत्ती जडान गरिएसँगै सुरक्षा तथा सहजता दुवैमा सुधार आएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत रु ३५ लाख बजेटमा यो कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार १२ वटै वडामा वन्यजन्तुको अत्यधिक जोखिम रहेका ३० स्थानको पहिचान गरी सौर्यबत्ती जडानको कार्य गरिएको छ ।
वडा नं १ मा तीन, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा तीन, वडा नं ६ मा चार र वडा नं ७ मा तीन वटा सौर्यबत्ती जडान गरिएका छन् । त्यसैगरी वडा नं ८ मा तीन, वडा नं ९ मा दुई, वडा नं १० मा एक, वडा नं ११ मा दुई र वडा नं १२ मा तीन वटा सौर्यबत्ती जडानको कार्य सम्पन्न गरिएको छ ।
सौर्यबत्तीमा सेन्सर प्रणाली जडान गरिएको छ । सेन्सरयुक्त सौर्यबत्ती साँझ हुँदै गर्दा स्वतः बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने सुविधा प्रदान गर्छ । यसले विद्युत् खपत नगरी वातावरणमैत्री रूपमा प्रकाश उपलब्ध गराउने भएकाले दिगो र किफायती उपायका रूपमा समेत लिइएको छ ।
नगरपालिकाको ऊर्जा समितिका संयोजक दानबहादुर ऐरले वन्यजन्तु प्रभावित क्षेत्रमा सौर्यबत्ती जडान गर्नुको मुख्य उद्देश्य स्थानीय बासिन्दाको सुरक्षामा प्रमुख रहेको बताए । “रातिको समयमा अँध्यारोका कारण हात्ती, बाघ, चितुवाजस्ता वन्यजन्तु बस्ती नजिक आउने जोखिम उच्च हुन्छ”, उनले भने, “सौर्यबत्तीको उज्यालोले वन्यजन्तुलाई बस्ती नजिक आउन निरुत्साहित गर्ने र बासिन्दालाई सतर्क रहन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
सौर्यबत्ती जडानपछि राति हिँडडुल गर्न सहज भएको स्थानिय मनोज चौधरीले बताए । पहिले अँध्यारोका कारण साँझपख घरबाहिर निस्कनसमेत डर लाग्ने गरेकोमा अहिले उज्यालोका कारण जोखिम केही हदसम्म कम भएको उनको भनाइ रहेको छ । खेतबारी हेर्न, पशुचौपाया जोगाउन तथा आपत्कालीन अवस्थामा आवतजावत गर्नसमेत सौयबत्ती जडानपछि सहज भएको उनले उल्लेख गरे ।
सौर्यबत्ती जडानको कार्यले बस्ती आसपास उज्यालो बढेसँगै चोरी तथा अन्य असामाजिक गतिविधिमा पनि कमी आउने अपेक्षा गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वन्यजन्तु प्रवेशको समस्या विगतदेखि नै रहँदै आएको छ । यस्तो अवस्थामा सौर्यबत्ती जडानजस्ता प्रविधिमैत्री उपायहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण