सुन र चाँदीको मूल्यमा गिरावट : यस्तो छ आजको बजार भाउ
सारांश
- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
- छापावाल सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९४५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५२ हजार ४८५ रुपैयाँ रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १२४ रुपैयाँ रहेको छ। हिजो १० ग्राम चाँदी ४ हजार २१४ रुपैयाँमा खरिदबिक्री भएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण