नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार र आकर्षक नारामा केन्द्रित नभई सुधार र नतिजा देखिने गरी रुपान्तरणकारी ढङ्गले आउनुपर्ने बताएका छन् ।
आगामी आव २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको नीतिगत छलफल कार्ययममा पूर्वअर्थमन्त्री खनालले नतिजा केन्द्रित बजेट विनियोजना हुनुपर्ने आवश्यकता औँल्याए । विगतका बजेटहरू आकार, वितरण र लोकप्रिय घोषणामा सीमित भएका उल्लेख गर्दै उहाँले अबको बजेटले ठोस् नतिजा दिनुपर्ने धारणा राखे ।
उनले नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक भएकाे बताए ।
पूर्वअर्थमन्त्री खनालले आफ्नै संस्थागत तथा वित्तीय क्षमताको यथार्थ मूल्याङ्कन गरेर मात्र लक्ष्य निर्धारण गर्न सरकारलाई सुझाव दिए। महत्वाकाङ्क्षी लक्ष्य आवश्यक भए पनि कार्यान्वयन क्षमताभन्दा बाहिरको लक्ष्य निर्धारणले नकारात्मक असर पार्नसक्ने उनको भनाइ छ । अघिल्ला सरकारले सुरु गरेका सकारात्मक, सुधार र प्रतिबद्धतालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
सरकारले हालै कानुनविपरीत लिइँदै आएका सेवा–सुविधा कटौती गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै पूर्वअर्थमन्त्री खनालले वित्तीय अनुशासनमा कडाइ गरिँदा त्यसले सकारात्मक सङ्केत दिन थालेको बताए । “मितव्ययिताका सवालमा अनुशासनको सुरुआत भएको छ, यसलाई निरन्तरता दिन जरुरी छ”, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण