लुम्बिनीमा शान्तिपूजा, किन भएन भव्य कार्यक्रम ?
बुटवल । बुद्ध जयन्तीका अवसरमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५७०औँ बुद्ध जयन्ती मनाइएको छ । यस वर्ष साधारण रूपमा बुद्ध जयन्ती मनाइएको हो।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न भव्य कार्यक्रमसहित मनाइने बुद्ध जयन्ती यस पटक भने औपचारिकतामा सीमित भएको हो। लुम्बिनीमा विश्वशान्तिको कामना गर्दै मायादेवी मन्दिरभित्र शान्तिपूजा तथा केही समय ध्यान गरेर कार्यक्रम सम्पन्न गरिएको छ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईका अनुसार कार्यक्रममा सभामुख देवी प्रसाद अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल लगायत केही संघीय तथा प्रदेशसभा सदस्य, साथै श्रीलङ्का र म्यानमारका राजदूतहरूको सहभागिता रहेको थियो।
किन भएन औपचारिक कार्यक्रम ?
विगतका वर्षहरूमा बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीको उपस्थितिमा भव्य कार्यक्रम हुने गरे पनि यस वर्ष त्यस्तो कार्यक्रम आयोजना भएन। अन्तिम समयमा प्रधानमन्त्री बालेन शाहले सहभागी हुने कार्यक्रम स्थगित गरेका थिए ।
लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तालिकामा कार्यक्रम मन्तव्य दिने सेडुल नै थिएन ।

विगतमा भव्य हुने कार्यक्रम गरेकोमा यसपटक किन औपचारिकतामा सीमित भयो भन्ने रातोपाटीको प्रश्नमा सूचना अधिकारी डा राईले सरकारको खर्च कटौती नीति र बजेट अभावका कारण भव्य कार्यक्रम नगरिएको जनाए ।
ठुलो संख्यामा विदेशी पाहुना बोलाउँदा खर्च बढ्ने भएकाले यस वर्ष कार्यक्रमलाई सादगीपूर्ण बनाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण