सुदन किरातीको प्रश्न : निराशाले आत्महत्या गर्दा राज्य किन मौन ?
सारांश
- पूर्वमन्त्री सुदन किरातीले सुकुमबासी व्यवस्थापनमा सरकारको आलोचना गर्दै चरम निराशाका कारण आत्महत्या गर्नेहरूमाथि राज्य किन मौन छ भनी प्रश्न उठाएका छन्।
- किरातीले सुकुमबासी व्यवस्थापनलाई केवल प्रशासनिक कार्य नभई सामाजिक न्याय, मानव अधिकार र नागरिकको आत्मसम्मानसँग जोडिएको संवेदनशील विषयका रूपमा व्याख्या गरेका छन्।
- उनले लोकतन्त्रमा राज्यले नागरिकका प्रश्नको उत्तर दिनुपर्ने र 'यो देश हाम्रो पनि हो' भन्ने सुकुमबासीहरूको आवाजलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । पूर्वमन्त्री सुदन किरातीले सुकुमबासी व्यवस्थापनको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुकुमबासीहरूको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू चरम निराशामा पुगेको र आत्महत्या जस्तो दुखद बाटो रोज्न बाध्य भएको बताएका हुन्।
किरातीले लोकतन्त्रमा जनताले सुकुमबासी व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी पाउनुपर्ने माग गरेका छन्। सुकुमबासी व्यवस्थापनलाई केवल प्रशासनिक कार्यका रूपमा मात्र हेर्न नहुने किरातीको तर्क छ।
उनले यसलाई सामाजिक न्याय, मानव अधिकार, नागरिकको आत्मसम्मान र दीर्घकालीन गरिबी उन्मुलनसँग जोडिएको संवेदनशील विषयका रूपमा व्याख्या गरेका छन्। बस्तीहरूमा रहेका बालबालिका र वृद्धवृद्धाहरूको हृदयविदारक अवस्थाले आम नागरिकमा आक्रोश बढाउँदै लगेको भन्दै उनले सरकारलाई समयमै सचेत हुन आग्रह गरेका छन्।
किरातीले लोकतन्त्रको आधार स्तम्भ नैतिकता, पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्यले नागरिकका प्रश्नको उत्तर दिनुपर्ने बताएका छन्। ‘यो देश हाम्रो पनि हो’ भन्दै सुकुमबासीहरूले उठाइरहेको आवाजलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण