तस्करीले देश नै आक्रान्त भयो, सीमा क्षेत्रको कडाइमा पुनर्विचार हुनसक्छ : रवि लामिछाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकभर तस्करीको जालो फैलिएको टिप्पणी गरेका छन्।
- उनले सीमा क्षेत्रमा कडाइ गर्दा सर्वसाधारणमा असन्तुष्टि देखिएको स्वीकार गर्दै नीतिगत पुनर्विचार भइरहेको जानकारी दिए।
- उनले उपभोक्ताको सहजता र व्यवसायीको सुरक्षाबिच सन्तुलन कायम गर्न सरकारले गृहकार्य गरिरहेको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकभर तस्करीको जालो फैलिएर 'तस्करमय' भएको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न सरकारले चालेको कदममा केही लचकता अपनाउन सकिने संकेत गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवादका क्रममा लामिछानेले सीमा क्षेत्रमा भइरहेको खुला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारेका हुन्।
उनले तस्करी नियन्त्रणका लागि कडाइ गर्दा सीमावर्ती क्षेत्रका सर्वसाधारणमा केही असन्तुष्टि देखिएको स्वीकार गर्दै ती क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर नीतिगत पुनर्विचार भइरहेको जानकारी दिए। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवनशैली वर्षौँदेखि वारिपारि गर्ने र सस्तो बजारबाट घरायसी सामान ल्याएर चलाउने प्रकृतिको रहेको लामिछानेको भनाइ छ।
यद्यपि, एकातिर उपभोक्ताले सस्तो खोज्ने र अर्कोतिर सीमावारिका नेपाली व्यवसायीहरूको लगानी डुब्ने अवस्था सिर्जना हुनु राज्यका लागि चुनौतीपूर्ण रहेको उनले बताए। स्वदेशी उद्यमी र व्यवसायीको व्यवसाय फस्टाउनु नै राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले विदेशी सस्तो बजारको प्रतिस्पर्धाले नेपाली बजार धराशायी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
सभापति लामिछानेले देशको अर्थतन्त्रलाई सही दिशामा ल्याउन तस्करी नियन्त्रण अनिवार्य सर्त रहेको उल्लेख गरे। उनले भने, ‘हाम्रो प्राथमिकता हाम्रा उद्यमी र व्यवसायीहरूको उन्नति हो, तर सँगसँगै आम सर्वसाधारणको जनजीवन पनि सहज हुनुपर्छ। यी दुई पक्षबीच तालमेल मिलाउन सरकारले गृहकार्य गरिरहेको छ।’
उनले उपभोक्ताको सहजता र व्यवसायीको सुरक्षाबिच सन्तुलन कायम गर्न केही समय लाग्न सक्ने भन्दै यसलाई सकारात्मक रूपमा लिन सरोकारवालाहरूलाई आग्रह गरे।
पछिल्लो समय सीमा नाकाहरूमा सुरक्षा जाँच र राजस्व संकलनमा गरिएको कडाइका कारण स्थानीय तहमा विरोधका स्वरहरू सुनिएका छन्। यसै सन्दर्भमा लामिछानेले राज्यले साना उपभोक्तालाई मर्का नपर्ने गरी ठुलो परिमाणको अवैध तस्करी रोक्न खोजेको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण