आइसक्रिम खुवाएर महिलाले चोरिन् बालिकाको मुन्द्रा
पोखरा । वैशाख ६ गते दिउँसो पोखरा २५ हेम्जा रामचोकमा ६ वर्षीया बालिकालाई एउटी महिलाले भेटिन् । उनले आफू उनकी ममीको साथी भन्दै फकाएर जुस र आइसक्रिम पनि खुवाइन्। त्यसपछि उनले ती बालिकाले कानमा लगाएको सुनको मुन्द्रा निकालेर भागिन् ।
करिब १ लाख रुपैयाँको मुन्द्रा चोरी भएको जाहेरी प्रहरीमा पर्यो । प्रहरीले घटनास्थल वरपरको सिसिटिभी फुटेज अध्ययन थाल्यो । फुटेजमा पहेँलो रेनकोट लगाएकी एक महिलाले ग २५ प ३५८४ नम्बरको स्कुटरमा बालिकालाई राखेर लगेको देखिएको थियो । उक्त स्कुटर भाडामा लिएको खुलेको छ ।
त्यसपछि प्रहरीले ती महिलाको पहिचान गर्यो । खोजतलासका क्रममा वैशाख १७ गते पोखरा ९ महेन्द्रपुलबाट उनलाई पक्राउ गरियो । पक्राउ परेकी अम्बिकामाथि क्राइम रेकर्ड सिस्टममा चेक गर्दा उनी सिरियल चोर रहेको पुष्टि भएको छ ।
कास्की जिल्ला अदालतबाट २०७९ सालमा फैसला भएका चोरी तथा डाँका सम्बन्धी १८ वटा छुट्टाछुट्टै मुद्दामा उनले अझै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
उनलाई अधिकांश मुद्दामा २ वर्षदेखि ६ महिनासम्मको कैद र २० हजारदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । ती सबै फैसलाहरू २०७९ असार ८ र असार २२ गते भएका थिए ।
लामो समयदेखि फरार रहेकी उनी पुनः बालबालिकाको गहना चोरीकै अवस्थामा पक्राउ परेकी हुन् । हाल चोरी तथा डाँका सम्बन्धी नयाँ कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बस्नेतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण