बालेन नगएपछि बसेन राज्यव्यवस्था समिति बैठक
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
- समितिका कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग पर्छन् ।
- समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि बैठक स्थगित गरिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग पर्छन् । समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि स्थगित गरिएको समिति सचिव सहसचिव कान्छा दुलालले जानकारी दिए ।
‘समितिमा मन्त्री नभई नबस्ने परम्परा छ । हाम्रो कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पर्छन्,’ समिति सचिव दुलाले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यू आउन सक्ने अवस्था रहेन । गृह र रक्षा उहाँ आफैले सम्हाल्नुभएको छ । सामान्य प्रशासनमन्त्री अन्तै कार्यक्रम तय भएको रहेछ । त्यसैले स्थगित गरौँ भनेर गरिएको हो । अन्य कुनै विषय छैन ।’
बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण