बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने

सोमबार, २१ वैशाख २०८३, १७ : ४३
सोमबार, २१ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
  • संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम यस बोर्डको पहिलो औपचारिक बैठक बस्न लागेको हो।
  • बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक आह्वान गरिएको हो । 

संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको यस बोर्डको यो पहिलो औपचारिक बैठक भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए । 

बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।

687590207_1470178681511780_1478241630993843037_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप