कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने
सोमबार, २१ वैशाख २०८३, १७ : ४३
सारांश
- नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
- संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम यस बोर्डको पहिलो औपचारिक बैठक बस्न लागेको हो।
- बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक आह्वान गरिएको हो ।
संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको यस बोर्डको यो पहिलो औपचारिक बैठक भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण