मुम्बई इन्डियन्सद्वारा लखनउ सुपर जायन्ट्स ६ विकेटले पराजित
सारांश
- इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ ।
- टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो, जसमा निकोलस पुरनले २१ बलमा ६३ रनको विष्फोटक इनिङ्स खेले ।
- २२९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो, जसमा रोहित शर्माले ८४ र रायन रिकलटनले ८३ रनको योगदान दिए ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको रोमान्चक खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । २२९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले ८ बल बाँकी छँदै जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रनको पहाड खडा गरेको थियो । लखनउका लागि निकोलस पुरनले मात्र २१ बलमा ६३ रनको विष्फोटक इनिङ्स खेले । त्यस्तै मिचेल मार्सले ४४ रन र हिम्मत सिंहले अविजित ४० रनको योगदान दिए । मुम्बईका लागि बलिङतर्फ कोर्बिन बोशले २ विकेट लिए भने विल ज्याक्स र रघु शर्माले १–१ विकेट झारे ।
२२९ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्बई इन्डियन्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै २२९ रन बनाएर जित सुनिश्चित गर्यो । मुम्बईको जितमा रोहित शर्मा र रायन रिकलटनले उत्कृष्ट प्रदर्शन गरे । रोहितले ४४ बलमा ८४ रन बनाए भने रिकलटनले मात्र ३२ बलमा ८३ रनको योगदान दिए । नमन धिर २३ रनमा अविजित रहे ।
लखनउका लागि एम सिद्धार्थले २ विकेट लिए भने मोहसिन खान र मोहम्मद शामीले १–१ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण