संवैधानिक परिषद् बैठक : ४ जनाले गणपूरक, ३ जनाले निर्णय
सारांश
- संवैधानिक परिषद्को बैठकमा अब ४ जना सदस्य उपस्थित भए पनि गणपूरक सङ्ख्या पुग्ने भएको छ ।
- यसअघि ६ सदस्यीय परिषद्मा बैठक बस्नका लागि कम्तीमा ५ जनाको उपस्थिति अनिवार्य थियो ।
- परिषद्को बैठकले कुनै पनि निर्णय गर्नका लागि ३ जनाको बहुमत आवश्यक पर्नेछ ।
काठमाडौँ । राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ ।
अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको छ । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एक पटक फिर्ता पठाएको उक्त अध्यादेश सरकारले सोमबार पुन राष्ट्रपतिलाई पठाएको थियो । सोही अध्यादेश मंगलबार जारी भएको हो ।
‘संवैधानिक परिषद्मा ६ जना नै बहाल हुने तर ४ जना भएमा गणपूरक सङ्ख्या मानिने र बहुमत नभएर बराबरी भएमा प्रधानमन्त्रीले जता मत दिन्छ त्यतैको बहुमत हुने र निर्णय गर्न सकिने व्यवस्था छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले राष्ट्रपतिज्यूलाई सन्देश पठाउनु भएर यसअघि विधेयक फिर्ता पठाउँदाको विषयलाई ध्यानमा राखेर पहिला बहाल जति रहे पनि हुने व्यवस्थालाई परिवर्तन गरेर बहाल भने ६ जना नै हुनुपर्ने राखिएको हो ।’
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ। सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता, प्रधान न्यायाधीश रहन्छन् ।
हाल प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह छन् भने सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, विपक्षी दलको नेता कांग्रेसका भीष्मराज आङ्देम्बे छन् । सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीश छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण