यूएईमा भएको आक्रमणमा भारतीय नागरिक घाइते, मोदीद्वारा भर्त्सना
सारांश
- संयुक्त अरब इमिरेट्स (यूएई) माथि भएको मिसाइल तथा ड्रोन आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन्।
- यस आक्रमणमा तीन जना भारतीय नागरिक घाइते भएका छन् र मोदीले सर्वसाधारणलाई निसाना बनाउनु गलत भएको बताएका छन्।
- भारतको विदेश मन्त्रालयले पनि आक्रमणलाई 'अस्वीकार्य' भन्दै हिंसात्मक गतिविधि रोक्न माग गरेको छ।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स (यूएई) माथि भएको मिसाइल तथा ड्रोन आक्रमणको निन्दा गरेका छन्। उनले सबै प्रकारका समस्या र विवादको समाधान शान्तिपूर्ण संवाद तथा कूटनीतिक माध्यमबाट मात्र हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै यूएईमाथि भएको हमलाको कडा भर्त्सना गरेका हुन्। उक्त आक्रमणमा परेर तीन जना भारतीय नागरिक घाइते भएको उल्लेख गर्दै उनले सर्वसाधारण नागरिक र नागरिक बस्ने वा काम गर्ने ठाउँलाई निसाना बनाएर हमला गर्नु पूर्ण रूपमा गलत भएको बताएका छन्।
यस संकटको घडीमा भारत यूएईको साथमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै उनले सबै मुद्दाहरूको शान्तिपूर्ण समाधान वार्ता र कूटनीतिबाटै खोजिनुपर्ने धारणा दोहोर्याएका छन्। विश्वको ऊर्जा सुरक्षा र यस क्षेत्रमा दीर्घकालीन शान्ति तथा स्थिरता कायम राख्नका लागि स्ट्रेट अफ होर्मुजबाट सुरक्षित र बिनाकुनै अवरोध जहाजहरूको आवतजावत हुनु निकै आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन्।
यसैबिच भारतको विदेश मन्त्रालयले पनि यूएईको फुजैराहमा भएको उक्त आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै यस्ता खालका हिंसात्मक गतिविधिहरू तुरुन्त रोक्न माग गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले फुजैराह आक्रमणमा परी तीन जना भारतीय नागरिक घाइते भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै आम नागरिक र उनीहरूका लागि आवश्यक भौतिक संरचनामाथि लक्षित हमलाहरू तत्काल बन्द हुनुपर्ने बताएका छन्। उनले पश्चिम एसियामा शान्ति र स्थिरता पुनर्बहाली गर्नका लागि भारत सधैँ संवाद र कूटनीतिको पक्षमा उभिने प्रष्ट पारेका छन्।
यूएईको रक्षा मन्त्रालयले मे ४ तारिखमा इरानको तर्फबाट आफ्नो भूमिमा धेरै मिसाइलहरू प्रहार गरिएको दाबी गरेको थियो। यद्यपि ती मिसाइलहरूलाई यूएईको प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पारिदिएको दाबी गरिएको छ। सोही मिसाइल आक्रमणको क्रममा फुजैराह क्षेत्रमा भएको क्षति र विष्फोटमा परेर भारतीय नागरिकहरू घाइते हुन पुगेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण