सिटीसँग फोडेनको नयाँ सम्झौता
सारांश
- म्यानचेस्टर सिटीका २५ वर्षीय मिडफिल्डर फिल फोडेनले क्लबसँग सन् २०३० सम्म नयाँ चार वर्षे सम्झौता नवीकरण गर्न सैद्धान्तिक रूपमा सहमति जनाएका छन्।
- हालैका महिनाहरूमा फोडेनले गोल गर्न संघर्ष गरिरहेका भए पनि यो नयाँ सम्झौताले क्लब र खेलाडीको भविष्यमा सँगै अघि बढ्ने प्रतिबद्धतालाई प्रष्ट पार्छ।
- प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा फोडेनले सिटीका लागि ३६५ खेल खेल्दै ६ प्रिमियर लिग, एक च्याम्पियन्स लिग र दुई एफए कप जितेका छन्।
म्यानचेस्टर । इंग्ल्याण्डका २५ वर्षीय मिडफिल्डर फिल फोडेन म्यानचेस्टर सिटीसँग नयाँ चार वर्षे सम्झौता नवीकरण गर्न सैद्धान्तिक रूपमा सहमत भएका छन्।
उनको हालको सम्झौता आगामी समरमा सकिँदै थियो। तर, नयाँ सम्झौता लागू भएसँगै उनी सन् २०३० सम्म इतिहाद स्टेडियममा रहनेछन् भने यसमा थप एक वर्ष सम्झौता बढाउन सकिने विकल्प पनि राखिएको छ।
पछिल्ला महिनाहरूमा फोडेन आफ्नो लय समात्न संघर्ष गरिरहेका छन् र गत डिसेम्बर १४ यता उनले कुनै गोल गर्न सकेका छैनन्। यद्यपि, यो नयाँ सम्झौताले क्लब र खेलाडी दुवै आगामी दिनमा सँगै अघि बढ्न प्रतिबद्ध रहेको प्रष्ट पार्छ।
सोमबार एभर्टनविरुद्ध भएको ६ गोलको रोमाञ्चक खेलमा फोडेन वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उक्त खेलपछि सिटी प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछि परेको छ, यद्यपि सिटीले एक खेल कम खेलेको छ।
फोडेन आगामी विश्वकपका लागि थोमस टुकलको इंग्ल्याण्ड टोलीमा स्थान सुरक्षित गर्ने दाउमा छन्। गत महिना मात्रै प्रशिक्षक टुचेलले विश्वकप अघिको अन्तिम क्याम्पका दुवै खेलमा सुरुवाती–११ मा परेका एक मात्र खेलाडी भए पनि २४ सदस्सीय टोलीमा फोडेनको स्थान पक्का भइनसकेको बताएका थिए।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा १७ वर्षको उमेरमा डेब्यु गरेका फोडेनले सिटीका लागि हालसम्म ३६५ खेल खेल्दै ६ पटक प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग र दुई पटक एफए कपको उपाधि जितिसकेका छन्।
उनको पछिल्लो खस्कँदो लयका बाबजुद म्यानचेस्टर युनाइटेड तथा इंग्ल्याण्डका पूर्व कप्तान वेन रुनीले फोडेनलाई सिटीले हरेक खेलमा खेलाउनुपर्ने धारणा राखेका छन्। बीबीसीको ‘वेन रुनी शो’ मा बोल्दै उनले भने, ‘मलाई लाग्छ उनलाई टोलीमा राख्नैपर्छ। मलाई उनको खेल हेर्न मन पर्छ, मैदानभित्र उनको सानो मुभमेन्ट र खाली ठाउँ सिर्जना गर्ने कला गजबको छ। उनलाई बेन्चमा बसेको हेर्न पटक्कै राम्रो लाग्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण