सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

बुधबार, २३ वैशाख २०८३, १२ : ४८
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्नुअघि सङ्क्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्ष भएका छन्। महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले कार्यभार सम्हालेका हुन् ।

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध  छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप