कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूले लिए शपथ
बुधबार, २३ वैशाख २०८३, १६ : ००
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
- पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख शर्माले मंगलबार मात्रै प्रतिष्ठानको सदस्य पदमा ३९ जनालाई नियुक्त गरेका थिए।
- शपथ ग्रहणसँगै प्रतिष्ठानले आफ्नो कामलाई औपचारिकता दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सभापति थापाबाट शपथ लिएपछि उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरूलाई शपथ खुवाएका थिए।
पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख शर्माले मंगलबार मात्रै प्रतिष्ठानको सदस्य पदमा ३९ जनालाई नियुक्त गरेका थिए। उनले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ती सदस्यहरूलाई मनोनयन गरेका हुन्।
शपथ ग्रहणसँगै प्रतिष्ठानले आफ्नो कामलाई औपचारिकता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण