प्रतापपुर गाउँपालिकाका काङ्ग्रेस उपसभापति अधिकारीद्वारा पार्टी परित्याग
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका नेपाली काङ्ग्रेसका उपसभापति तथा कार्यवाहक सभापति राजुप्रसाद अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् । अधिकारीले बुधवार फेसबुकमार्फत राजीनामा दिएका हुन् ।
उनले नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति नवलपरासी, लुम्बिनी प्रदेश कार्यसमिति तथा केन्द्रीय कार्यसमितिलाई बोधार्थ गराउँदै पार्टी जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
राजीनामामा उनले पार्टीभित्र चरम गुटबन्दी बढ्दै गएको र नेताहरूबिच एक–अर्कालाई कमजोर पार्ने प्रवृत्ति हाबी भएको उल्लेख गरेका छन् । यस्तो वातावरणमा आफू सहभागी हुन नसक्ने भन्दै उनले नेपाली काङ्ग्रेस प्रदेश कार्यसमिति नवलपरासी–१ (ख) का सभापतिलाई सम्बोधन गरी राजीनामा पेस गरेका हुन्।
गाउँपालिका उपसभापति भए पनि सभापति ज्ञानेन्द्र पन्जियार अस्वस्थ भएपछि अधिकारीले विगत एक वर्षदेखि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
वि.सं. २०४६ सालको जनआन्दोलनपछि काङ्ग्रेस राजनीतिमा सक्रिय रहेका अधिकारीले लामो समयसम्म आफूलाई इमानदार कार्यकर्ताका रूपमा प्रस्तुत गर्दै आएका थिए ।
यसअघि नवलपरासी काङ्ग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलले पनि स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण