अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न दूतावासकाे अनुरोध
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।
त्यहाँस्थित दूतावासले आज सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरणको राजदूतावासमा उपलब्ध गराउन अनुरोध गरेको हो ।
सूचनामा भनिएको छ, “सम्पति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार (हुण्डी) गरेका वा सङ्कलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी जानकारी राजदूतावासमा उपलब्ध गराउन सूचना प्रकाशित गर्दै आएको छ ।”
नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२ चैत १३ मा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वीकृत बुँदा नं ४५ मा एकीकृत डिजिटल सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाइने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण