नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला
काठमाडौं– नयाँ शक्ति पार्टी, नेपाल जुम्लाका पूर्व जिल्ला संयोजक तथा पार्टी संघीय परिषद सदस्य राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् । साउन २० गते साँझ जुम्ला सदरमुकाम नजिक जुगाडखोलामा थापाको शव भेटिएको हो । घटना रहस्यमय भएको भन्दै नयाँ शक्ति पार्टीले निन्दा र भत्र्सना गर्दै गरेको प्रवक्ता डम्बर खतिवडाले जनाएका छन् ।
चन्दननाथ नगरपालिका वडा नं. २ खोलीकोट निवासी थापा सदरमुकामबाट घर फर्किने क्रममा भएको घटना भएको बताइएको छ । तर नयाँ शक्तिले घट्ना रहस्यपूर्ण र शंकास्पद भएको बताएको छ ।
स्थानीय बासिन्दा र पार्टीको प्रारम्भिक जानकारी अनुसार घटना राजनीतिक पूर्वाग्रहमा आधारित हत्या हुनसक्ने आशंका गरेको प्रवक्ता खतिवडाले जनाएका छन् । नयाँ शक्तिले घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण