शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

महेश बस्नेतले भने– ‘पालेन न्यायाधीश’ बनाउने प्रवृत्ति बढ्नु गम्भीर सङ्केत

बिहीबार, २४ वैशाख २०८३, २० : २७
बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले रोलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

बिहीबार प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले चौथो नम्बरमा रहेका डा.मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि बस्नेतले असन्तुष्टि जनाएका हुन्। 

वरिष्ठताको आधारमा सपना मल्ल प्रधानको नाम सिफारिस गर्ने सहमति बनेको अवस्थामा त्यसलाई तोडेर फरक नाम अघि सार्नु न्यायालयमा गलत परम्परा संस्थागत गर्ने प्रयास भएको उनले बताए। 

उनले भने, ‘यो केवल नियुक्तिको विवाद होइन, न्यायपालिकाको स्वतन्त्रता र संस्थागत मर्यादामाथिको हस्तक्षेप पनि हो।’ बालेन शैलीको मनोमानी अब अदालतसम्म पुर्‍याएर “पालेन न्यायाधीश” बनाउने प्रवृत्ति बढ्नु लोकतान्त्रिक प्रणालीका लागि गम्भीर सङ्केत भएको उनले बताए। 

न्यायालय व्यक्तिको इच्छा नभई विधि, प्रक्रिया र संस्थागत मर्यादाले चल्नुपर्ने सचिव बस्नेतले बताए। आज बसेकाे संवैधानिक परिषद्ले पहिलाे नम्बरमा रहेकी सपना प्रधान मल्ललाई प्रधान न्यायाधीश सिफारिस नगरेर चाैथाे नम्बरमा रहेका डा.मनाेजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेकाे छ। 

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप