आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सात वर्षपछि फरार प्रतिवादी पक्राउ

बिहीबार, २४ वैशाख २०८३, २२ : ५०
बिहीबार, २४ वैशाख २०८३

ताप्लेजुङ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । सरकारी कागज किर्ते मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ स्थायी घर भई हाल फुङलिङ नगरपालिका–२ बसोबास गर्दै आएकी अरुणा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा अदालतबाट उनलाई ११ महिना ३ दिन कैद तथा रु ६६ हजार ६६७ जरिबाना तोकिएको थियो । प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनलाई आज फुङलिङ नगरपालिका–५ बिरेन्द्रचोक क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकी कार्कीलाई सजाय भुक्तानका लागि जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।

यसैबिच ताप्लेजुङ प्रहरीले लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङलिङ नगरपालिका–५ का २२ वर्षीय सलोन भनिने जगत श्रेष्ठ, फक्ताङ्लुङ गाउँपालिका–१ का १९ वर्षीय यमराज लिम्बू र फुङलिङ नगरपालिका–२ का २३ वर्षीय ज्ञानेन्द्र गुरुङ पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक यादवका अनुसार शिक्षा लाइनस्थित एक घरको कोठामा लागू औषध बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा प्लास्टिकसहित ३२० मिलिग्राम र प्लास्टिक बाहेक १६० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको थियो । पक्राउ परेका तीन जनामाथि जिल्ला अदालत ताप्लेजुङबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप