ट्रम्पको १० प्रतिशत नयाँ भन्सार शुल्क अदालतद्वारा अवैध घोषित
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्न खोजेको अमेरिका भित्रिने सबै सामानमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल संघीय अदालतले अवैध ठहर गरेको छ ।
- संघीय अदालतले ट्रम्प प्रशासनले उक्त शुल्क लागू गर्न पर्याप्त कानुनी आधार प्रस्तुत गर्न नसकेको जनाएको हो ।
- यस निर्णयपछि अदालतले सम्बन्धित मुद्दाका वादीहरूबाट असुल गरिएको शुल्क संकलन रोक्न र पहिले लिइएको रकम फिर्ता गर्न आदेश दिएको छ ।
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्न खोजेको अमेरिका भित्रिने सबै सामानमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) संघीय अदालतले अवैध ठहर गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतका न्यायाधीशहरूको प्यानलले २–१ को बहुमत निर्णयमार्फत ट्रम्प प्रशासनले उक्त शुल्क लागू गर्न पर्याप्त कानुनी आधार प्रस्तुत गर्न नसकेको जनाएको हो ।
अदालतले सन १९७४ को व्यापार कानुनअन्तर्गत रहेको “सेक्सन १२२” प्रयोग गरेर शुल्क लागू गरिएको भए पनि त्यसका लागि आवश्यक मापदण्ड पूरा नभएको निष्कर्ष निकालेको छ । उक्त कानुनले विशेष परिस्थितिमा राष्ट्रपतिलाई कंग्रेसको स्वीकृतिबिना अधिकतम १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अधिकार दिन्छ ।
यस निर्णयपछि अदालतले सम्बन्धित मुद्दाका वादीहरूबाट असुल गरिएको शुल्क संकलन रोक्न र पहिले लिइएको रकम फिर्ता गर्न आदेश दिएको छ । यद्यपि निर्णय तत्काल सबै आयातकर्तामा लागू नहुने भए पनि यसलाई ट्रम्प प्रशासनको आर्थिक नीतिमा ठुलो धक्का मानिएको छ ।
यसअघि पनि अमेरिकी सर्वाेच्च अदालतको एउटा निर्णयपछि ट्रम्प प्रशासनका व्यापक भन्सार नीति कानुनी विवादमा परेका थिए । नयाँ निर्णयले भविष्यमा राष्ट्रपतिले एकतर्फी रूपमा व्यापार शुल्क लागू गर्ने अधिकारबारे थप बहस सुरु हुने संकेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
-
६ महानगरको बजेट : सहरी पूर्वाधारदेखि कृषि उद्यमसम्म, सेवा र कर छुटलाई प्राथमिकता
-
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ
-
भाइकिङ समाजको नयाँ रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण