खेल क्षेत्रमा लगानी बढाऔँ : मन्त्री पाण्डेय
बुटवल । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेल क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादनका लागि लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार बुटवलमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले खेल क्षेत्र महत्त्वपूर्ण भएपनि आवश्यकताअनुसार तीन वटै तहका सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए।
उनले अहिले खेलाडी उत्पादन संस्थागत योजनाभन्दा पनि केही व्यक्तिको व्यक्तिगत रुचि र लगावका भरमा भइरहेको उल्लेख गर्दै दीर्घकालीन योजना र निरन्तर लगानीबिना दक्ष तथा प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न कठिन हुने बताए ।
उनले खेलले अनुशासन र स्वास्थ्य दुवै सुधार गर्ने उल्लेख गर्दै अन्य मुलुकमा खेल क्षेत्रमा राज्यको ठुलो लगानी हुने भएपनि नेपालमा अझै पर्याप्त लगानी हुन नसकेको बताए।
मन्त्री पाण्डेयले आफ्नो देश आफैँले बनाउनुपर्ने भन्दै नेपालमै बसेर अध्ययन गर्न र विदेशको सपना मात्र नदेख्न विद्यार्थीहरूलाई आग्रह गरे।
विदेशबाट सीप र शिक्षा हासिल गरेपछि स्वदेशको विकासमा योगदान दिनुपर्ने सन्देश दिन आवश्यक रहेको उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण