नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्यका लागि आवेदन खुला
शनिबार, २६ वैशाख २०८३, ०८ : २८
सारांश
- नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।
- प्राधिकरणको एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि उम्मेदवार छनोट गरिनेछ ।
- इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र सञ्चालक समितिमा नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको हो ।
मन्त्रालयका अनुसार प्राधिकरणको एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि उम्मेदवार छनोट गरिनेछ । यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण