बहुमत नपुग्दा विजयको शपथ ग्रहण रोकियो, तमिलनाडुमा राजनीतिक अन्योल कायमै
सारांश
- तमिलनाडुमा अभिनेता विजयले बहुमत नपुगेपछि सरकार बनाउने दाबी पेस गरे पनि शपथ ग्रहण रोकिएको छ।
- विजयलाई सरकार बनाउन आवश्यक ११८ विधायकको समर्थन जुटाउन अझै दुई विधायकको समर्थन आवश्यक छ।
- विजयको पार्टीले बहुमत जुटाउन नसकेको अवस्थामा डीएमके र एआईएडीअमके मिलेर गठबन्धन सरकार बनाउन सक्ने अड्कलबाजी सुरु भएको छ।
तमिलनाडु । तमिलनाडुमा नयाँ सरकार गठनलाई लिएर चुलिएको राजनीतिक सरगर्मी अझै शान्त हुन सकेको छैन।
तमिलगा वेत्री कझगम (टीभीके) का प्रमुख एवं अभिनेता विजयले शुक्रबार राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दाबी पेस गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा शनिबारका लागि तय गरिएको उनको शपथ ग्रहण समारोह रद्द भएको छ।
विजयले राज्यपालसमक्ष ११६ जना विधायकको समर्थन पत्र बुझाएका थिए, जबकि सरकार बनाउनका लागि न्यूनतम ११८ विधायकको समर्थन आवश्यक पर्छ।
हालै सम्पन्न विधानसभा निर्वाचनमा २३४ सिटमध्ये विजयको पार्टी टीभीकेले १०८ सिटमा जित हासिल गरेको छ, जसमा विजय आफैँ दुईवटा निर्वाचन क्षेत्रबाट विजयी भएका छन्। विजयले राज्यपाललाई बुझाएको समर्थन पत्रमा टीभीकेसहित कांग्रेस, सिपिआई र सिपिआई (एम) का विधायकहरूको हस्ताक्षर रहेको छ।
तर, इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) र भिसीकेले अहिलेसम्म आफ्नो समर्थन पत्र बुझाएका छैनन्। यी दुवै दलसँग दुई–दुई जना विधायक रहेका छन्। विजयलाई बहुमत सिद्ध गर्नका लागि अझै दुई जना विधायकको समर्थन खाँचो देखिएको छ। यसअघि मे ६ र ७ तारिखमा पनि विजयले सरकार गठनको दाबी गरेका थिए, तर राज्यपालले ११८ विधायकको स्पष्ट समर्थन विना सरकार बनाउन आमन्त्रण गर्न नसकिने अडान दोहोर्याउँदै आएका छन्।
विजयको पार्टीले बहुमत जुटाउन नसकेको अवस्थामा तमिलनाडुमा पुराना प्रतिद्वन्द्वी मानिएका डीएमके र एआईएडीअमके मिलेर गठबन्धन सरकार बनाउन सक्ने अड्कलबाजी सुरु भएको छ। यसैबीच, टीभीकेले यदि यी दुई दल मिलेर सरकार बनाउने दाबी गरेमा आफ्ना सबै विधायकले सामूहिक राजीनामा दिने चेतावनी दिएको छ।
अर्कोतर्फ, कांग्रेससँगको गठबन्धन तोडिएपछि डीएमकेले लोकसभामा आफ्ना सांसदहरूको सिट परिवर्तन गर्न माग गरेको छ। गठबन्धन टुटेपछि सदनमा कांग्रेससँगै बस्नु उचित नहुने तर्क डीएमकेले अघि सारेको छ। विजयका समर्थकहरूले भने शुक्रबार बिहानैदेखि गभर्नर हाउसअगाडि प्रदर्शन र नाराबाजी गरेका छन्, जसका कारण प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण