धनगढी भेलामा मुख्यमन्त्री शाहको प्रश्न : देउवालाई किन टिकट दिइएन ?
सारांश
- मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई किन टिकट नदिएको भन्दै नेतृत्वसँग प्रश्न गरेका छन्।
- उनले अबको १० वर्षसम्म गगन थापा नेपाली कांग्रेसको सभापति हुने र पार्टीभित्रका केही व्यक्तिले पार्टी समाप्त पार्न सक्ने बताए।
- शाहले भ्रष्टाचारमा सम्झौता नगर्ने र पार्टीको छविमा आँच आएमा साधारण सदस्यबाटै राजीनामा दिने बताएका छन्।
धनगढी । नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको सम्मान र हैसियतमाथि प्रश्न उठाउँदै नेतृत्वसँग जवाफ मागेका छन्। शनिबार धनगढीमा आयोजित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेतृत्वलाई कडा प्रश्न गर्दै उनले जवाफ मागेका हुन्।
उनले भने, ‘आज आदरणीय नेता शेरबहादुर देउवाको स्थान, हैसियत र सम्मानको बारेमा नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट पारियोस्। म सोध्न चाहन्छु— उहाँलाई किन टिकटबाट वञ्चित गरियो ? यसको जवाफ सुदूरपश्चिमका कार्यकर्ता र जनतालाई चाहिन्छ।’
मुख्यमन्त्री शाहले पार्टीको आगामी नेतृत्वबारे आफ्नो धारणा राख्दै अबको १० वर्षसम्म गगन थापा नै सभापति हुने कुरा निश्चित रहेको बताए। ‘मैले देखेको अबको १० वर्षसम्म सिङ्गो नेपाली कांग्रेसको सभापति गगन थापा हुने कुरा निश्चित छ, यसमा कसैको दुई मत छैन’, उनले भने।
उनले केन्द्रीय कार्यसमिति भित्रै रहेका केही व्यक्तिहरूले पार्टीलाई समाप्त पार्न सक्ने भन्दै सचेत रहन पनि आग्रह गरे। ‘तपाईंको कार्यसमिति भित्रै पनि केही मण्डले र भाइरलहरू छन्, तिनलाई चिनिराख्नुहोला। उनीहरूले तपाईंलाई नै समाप्त पार्न सक्छन्,’उनले भने।
शाहले कांग्रेसले इतिहासमै पहिलो पटक यति धेरै मतले हार व्यहोर्नु परेकोमा चिन्ता व्यक्त गरे। उनले जनताको साथ किन पाउन सकेनौँ भन्ने कुराको सङ्केत बुझ्न नेतृत्वलाई आग्रह गरे। साथै, उनले भ्रष्टाचारमा आफूले कहिल्यै सम्झौता नगर्ने र यदि पार्टीको छविमा आँच पुग्ने काम भएमा साधारण सदस्यबाटै राजीनामा दिन तयार रहेको उद्घोष गरे।
भेलामा देउवा पक्षीय केही नेताहरू भने अनुपस्थित रहेका थिए ।
भेलामा कांग्रेस नेता भीम बडुवालले यो भेला कसलाई टिकट दिइयो दिइएन भन्दा पनि समग्रमा कसरी सुधार गरेर हामी सबै एकजुट हुने र आगामी दिनमा कसरी राम्रो गर्ने भन्ने विषयमा केन्द्रित हुने बताए।
‘निवर्तमान सभापतिलाई टिकट उहाँको स्वास्थ्य अवस्था सबै कुरा हेरेर नदिइएको हो, हामी यसरी पराजय हुनुमा यहि कारण भन्न सकिँदैन, यो प्रश्न हामीले स्वाभाविक रूपमा लिन्छौँ, अहिले हामी सबैले तलदेखि कसरी अगाडी बढ्ने भन्ने बुझेर खोजेर लाग्नुपर्ने छ, अब गुटमा हिँडेर केहि फाइदा छैन । सबैले एकजुट हुनुपर्छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण