सुदूरपश्चिमका कांग्रेसका सांसद र मन्त्रीसँग सभापति थापाले गरे संवाद
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरूसँग धनगढीमा छलफल गरेका छन्।
- छलफलमा सांसदहरूले मन्त्री परिवर्तन र बजेट बाँडफाँडमा समानताको माग राखे भने केहीले मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
- सभापति थापाले तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको र बजेट निर्माणमा केन्द्रित हुन निर्देशन दिएका छन्।
धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरूसँग धनगढीमा छलफल गरेका छन्। प्रदेशस्तरीय भेलाको सिलसिलामा धनगढी पुगेका थापाले प्रदेश सरकारको काम, आगामी बजेट र पार्टीको आन्तरिक विषयमा केन्द्रित रहेर संवाद गरेका हुन्।
छलफलका क्रममा कांग्रेसका अधिकांश सांसदले मन्त्री फेर्नुपर्ने र आफूहरूले पनि अवसर पाउनुपर्ने माग राखे। थारु समुदायबाट मन्त्री बनाउनुपर्ने र मन्त्री भएकाको क्षेत्रमा मात्र बजेट केन्द्रित हुने परम्परा रोक्नुपर्ने उनीहरूको भनाइ थियो। केही सांसदले मुख्यमन्त्री कमल बहादुर शाहको कार्यशैलीप्रति असन्तुष्टि समेत जनाएका थिए।
मुख्यमन्त्री शाह र अन्य मन्त्रीहरूले भने सीमित स्रोतका बिच पनि बिचौलियामुक्त र राम्रो बजेट ल्याउने तयारी भइरहेको दाबी गरे। मुख्यमन्त्री शाहले पार्टीभित्रको समीकरण र गुटबन्दीका विषयमा समेत आफ्नो धारणा राखेका थिए।
सांसद र मन्त्रीका कुरा सुनेपछि सभापति थापाले तत्काल सरकार परिवर्तन गर्ने पक्षमा आफू नरहेको संकेत गरे।उनले अहिले बजेट निर्माणमा केन्द्रित हुन निर्देशन दिँदै आगामी दिनमा नेकपा एमालेसँगको छलफलपछि मात्रै प्रदेश सरकारबारे ठोस निर्णय हुने स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण