सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो
सारांश
- नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ।
- यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँबाट बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै चाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेको छ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ तोकेको हो। यसअघि वैशाख २५ गते सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। वैशाख २५ गते प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको हो। १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ५ सय ४४ रुपैयाँ रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण