प्रधानन्यायाधीशको नियुक्ति सरकारको नियन्त्रणमा लिने उद्देश्यले निर्देशित : राष्ट्रिय जनमोर्चा
सारांश
- राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीशको नियुक्ति सरकारको नियन्त्रणमा लिने उद्देश्यले निर्देशित भएको ठहर गरेको छ।
- पार्टीले नवनियुक्त प्रधानन्यायाधीश सो पदका लागि उपयुक्त पात्र नभएको र विगतमा उनले गरेको फैसलाले उनको दृष्टिकोण न्यायपरक नभएको दाबी गरेको छ।
- जनमोर्चाले सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षता समाप्त हुने भन्दै न्यायपालिकामाथि हुने राजनीतिक हस्तक्षेपविरुद्ध खबरदारी गरेको छ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले हालै गरिएको प्रधान न्यायाधीशको नियुक्तिप्रति आपत्ति प्रकट गरेको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले उक्त नियुक्ति प्रधानन्यायाधीशलाई सरकारको नियन्त्रणमा लिने उद्देश्यले निर्देशित भएको ठहर गरेको हो।
अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस वक्तव्यमा नवनियुक्त प्रधानन्यायाधीश सो पदका लागि उपयुक्त पात्र नभएको उल्लेख गरिएको छ। विगतमा उनले गरेको फैसलाका कारण सरकारको आयमा ठुलो नोक्सानी पुगेको र उक्त कदमले उनको दृष्टिकोण न्यायपरक नभएको पुष्टी गर्ने पार्टीको दाबी छ। ‘त्यो फैसलाले उनको दृष्टिकोण न्यायपरक नभएको कुरामा कुनै शङ्का रहन्न’ भन्दै पार्टीले नियुक्तिको योग्यतामाथि प्रश्न उठाएको छ।
पार्टीले सर्वोच्च अदालतमा लामो समयदेखि स्थापित रोलक्रम मिचेर अन्य योग्य न्यायाधीशहरूलाई पन्छाएकोमा समेत विरोध जनाएको छ। सरकारले आफ्ना स्वार्थ अनुकूल काम गराउन र न्यायपालिकालाई कार्यपालिकाको मातहत राख्न यो कदम चालेको वक्तव्यमा उल्लेख छ।
यस प्रक्रियाले सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षता समाप्त हुने र लोकतान्त्रिक मूल्यमान्यतामा गम्भीर धक्का लाग्ने पार्टीको ठहर छ। वक्तव्यमार्फत न्यायपालिकामाथि हुने राजनीतिक हस्तक्षेपविरुद्ध खबरदारी समेत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
-
साथमा सन्तान नभए पनि वृद्धवृद्धालाई एक्लिन नदिने प्रयास गरिरहेछ केरला
-
सशस्त्रले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण