काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग हुने, ट्रफी अनावरण
सारांश
- आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा 'काभा महिला भलिबल च्याम्पियनसिप लिग २०८३' आयोजना हुने भएको छ।
- यस अन्तर्राष्ट्रिय प्रतियोगितामा मध्य एसियाका आठ राष्ट्रहरूको सहभागिता सुनिश्चित भएको छ।
- प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा ‘काभा महिला भलिबल च्याम्पियनसिप लिग २०८३’ आयोजना हुने भएको छ।
आइतबार राजधानीको त्रिपुरेश्वरमा आयोजित एक विशेष पत्रकार सम्मेलनका बीच प्रतियोगिताको ट्रफी अनावरण गर्दै संघले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि आयोजना गर्न लागिएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा मध्य एसियाका आठ राष्ट्रहरूको सहभागिता सुनिश्चित भएको छ। आयोजक नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र कजाकिस्तानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता ‘एफआर्ईभीबी वर्ल्ड र्याकिङ’मा समेत समावेश रहेकाले नेपालका लागि विशेष महत्त्वको रहेको छ। यस प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सकेको खण्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीको विश्व वरीयतामा उल्लेख्य सुधार आउने विश्वास संघले लिएको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारणको जिम्मेवारी हिमालय स्पोर्ट्सले ‘ब्रोडकास्टिङ पार्टनर’का रूपमा लिएको छ। संघका महासचिव रोशन श्रेष्ठका अनुसार प्रतियोगिता सुरु हुन अझै दुई हप्ता बाँकी रहेकाले केही छुटपुट तयारीहरू समयमै पूरा गरिनेछ। विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको भलिबल संघले यसपटक पनि स्तरीय व्यवस्थापनमा जोड दिएको छ।
यो भव्य प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
आर्थिक व्यवस्थापनका लागि नेपाल सरकारबाट १ करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाबाट ३० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको जानकारी दिँदै संघले दुवै निकायप्रति आभार व्यक्त गरेको छ। संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता सफल बनाउन सञ्चारमाध्यम र पत्रकारहरूबाट विगतमा जस्तै व्यापक प्रचारप्रसार र सहयोगको अपेक्षा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण