आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभामा ८ अध्यादेश पेस

सोमबार, २८ वैशाख २०८३, १५ : ०२
सोमबार, २८ वैशाख २०८३

सारांश

  • प्रतिनिधिसभामा ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् ।
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्ति र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेस गरिन् ।
  • अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीहरूले पनि आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशका प्रतिस्थापन विधेयक पेस गरेका छन् ।

काठमाडौँ । प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ३ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरिन् । मन्त्री गौतमले  ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरिन् । 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरे ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप