कोशी प्राइड लिग एक्सन स्पोट्र्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने
काठमाडौँ । कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण एक्सन स्पोट्र्स एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीबीच प्रसारणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
आयोजक कोशी प्राइड प्रालिका अनुसार जेठ ९ गतेदेखि सुरु हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ ।
यसअघि प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म आयोजना गर्ने तयारी गरिएको भए पनि विभिन्न कारणले दुईपटक मिति सारिएको थियो। अब प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूले अक्सनमार्फत समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् भने ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरिएको जनाइएको छ ।
लिगमा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी वॉरियर्स र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण