सात दिनभित्र फाइल टुङ्ग्याउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन
सारांश
- काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदो हप्ताको सोमबारभित्र टुङ्ग्याउन निर्देशन दिएकी छन् ।
- उनले प्रक्रिया पुगेका फाइल स्वीकृत गर्न र नमिलेका फाइल कारणसहित फिर्ता पठाउन तथा गुणस्तरहीन काम रोक्न निर्देशन दिइन् ।
- कार्यवाहक प्रमुख डंगोलले बेरुजु शून्य बनाउन, राजस्व संकलन बढाउन, सार्वजनिक जग्गा अतिक्रमण हटाउन र सेवा प्रवाहमा सुधार ल्याउन आग्रह गरिन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदो हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।
महानगरको पाक्षिक समीक्षा कार्यक्रममा विभागीय प्रमुख र वडा सचिवहरूसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
डंगोलले प्रक्रिया मिलेका फाइल स्वीकृत गर्न र नमिलेका फाइल भए कारण खुलाएर फिर्ता पठाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिइन् । साथै, उनले वडामा बजेट खर्च गर्ने नाममा गुणस्तरहीन काम नगर्न र त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई सचेत गराइन् ।
कार्यक्रममा कार्यवाहक प्रमुखले बेरुजु शून्य बनाउने, राजस्व संकलनलाई प्रभावकारी बनाउने र सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यमा सक्रिय हुन आग्रह गरिन् । उनले भनिन्, ‘सामाजिक क्षेत्रका तालिमहरूमा एउटै अनुहार दोहोरिने प्रणाली अन्त्य गर्नुपर्छ । सडक बत्ती, भू–प्रशासन र अनलाइन सेवालाई थप चुस्त बनाउनु आवश्यक छ ।’ वडाको सेवाबाटै महानगरको छवि देखिने भएकाले सेवा प्रवाहमा संवेदनशील हुन उनले आग्रह गरिन् ।
छलफलका क्रममा वडा सचिवहरूले उपभोक्ता समितिले समयमा कागजात नबुझाउने, इन्धनको मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले काममा ढिलाइ गर्ने र बजेट शीर्षक नभएका कार्यक्रमको माग हुने जस्ता समस्या राखेका थिए । उनीहरूले सीसीटिभी जडान, सुरक्षा र सहरी व्यवस्थापन जस्ता साझा विषयमा एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रशासन विभागका प्रमुख महेश काफ्लेले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक बनाइने बताए भने वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले बेरुजु घटाउन केन्द्र र वडा मिलेर काम गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य, राजस्व, सूचना प्रविधि र सार्वजनिक निजी साझेदारी एकाइका प्रमुखहरूले पनि वडाबाट उठेका जिज्ञासामा सहजीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण