बन्दुकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड
सारांश
- प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमै केही पात्र क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।
- उनले गणतन्त्रका फूलहरूलाई सम्बोधन गर्दै शान्तिप्रक्रियाको पूर्णता अब आफ्नोभन्दा बढी उनीहरूको जिम्मेवारी भएको बताए ।
- प्रचण्डले बालेन शाहको उदयलाई क्रान्तिको जितका रूपमा व्याख्या गर्दै समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक आफूलाई रहेको बताए ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमै केही पात्र अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, “मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरूको जिम्मेवारी हो । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्थे उत्पीडित समुदायका प्रतिनिधि ? पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु ।”
उनले शान्तिप्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने, “शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं । काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।”
प्रचण्डले बालेन उदयलाई क्रान्तिको जितका रूपमा व्याख्या गरे । उनले भने, “बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बनेका छन् । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण