चन्द्रनगर गाउँपालिकाले दाइजोमुक्त विवाह गराइदिने अभिभावकलाई सम्मान गर्ने
मङ्गलबार, २९ वैशाख २०८३, १८ : ४६
लालबन्दी (सर्लाही) । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।
गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो । यसका लागि गाउँपालिकाले आवेदनसमेत आह्वान गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालयद्वारा आज जारी सूचनामा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजोमुक्त तथा बालविवाहमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो बृहत् सभा कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ १० गते कार्यक्रम गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण