रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित
रसुवा । रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन् ।
बागमती प्रदेश सरकारको रु २७ लाख सहयोगमा सम्पन्न डिपबोरिङ सञ्चालनमा आएपछि कालिका गाउँपालिका–३ स्थित धैबुङ क्षेत्रका कटुञ्जे, श्वारा, घिमिरे टोल, खतिवडा टोल, थाक्ले, सुएलडाँडा क्षेत्रका जनता लाभान्वित भएका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए ।
गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पानीको व्यवस्थापनपछि सुख्खा तथा भिरालो जमिनमा बसोबास गर्दै आएका स्थानीय जनता हर्षित भएका बताए ।
डिपबोरिङ खन्ने क्रममा जमिनको सतहबाट ४८ मिटरमै पानी आए पनि १३५ मिटरको गहिराइमा पाइप पु¥याएर पानी तानिएको भूगर्भशास्त्री पुष्प भटृराइले जानकारी दिए ।
भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केदार श्रेष्ठले खानेपानीको व्यवस्थासहित करिब १० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने गरी सञ्चालन गरिएको डिपबोरिङ रसुवा जिल्लाका लागि नमूना कार्यक्रम भएको बताए ।
यसैबीच सम्बद्ध प्राविधिकहरूले नियमित विद्युत् शुल्क भुक्तानीदेखि पानी तान्ने मोटरको मर्मतसम्भार, कुरुवाको प्रबन्धसहित दीगो व्यवस्थापनतर्फ ध्यान दिन स्थानीय उपभोक्तासँग अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण