मकवानपुरमा अवैध कन्सल्टेन्सी बन्द गर्न ३ दिने अल्टिमेटम
सारांश
- मकवानपुरमा सञ्चालनमा रहेका अवैध कन्सल्टेन्सी तथा शैक्षिक संस्थाहरू बन्द गर्न प्रशासनले ३ दिने अल्टिमेटम जारी गरेको छ ।
- जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिना अनुमति सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण गर्ने संस्थाहरूलाई ३ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।
- तोकिएको समयावधिभित्र निर्देशनको पालना नगरे प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
हेटौँडा । मकवानपुरमा संचालनमा रहेको अवैध कन्सल्टेन्सी तथा शैक्षिक संस्थाहरु बन्द गर्न प्रशासनले ३ दिने अल्टिमेटम जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिना अनुमति सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण गर्ने संस्थाहरुलाई ३ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।
प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट आवश्यक अनुमति नलिई गैरकानुनी रुपमा सञ्चालनमा रहेका शैीषक संस्थाहरुलाई शैक्षिक तथा प्रशासनिक क्रियाकलापहरु पूर्ण रुपमा बन्द गर्न अल्टिमेटम दिएको हो ।
सम्बन्धित निकायबाट अनुमति प्राप्त संस्थाहरुको विवरण कार्यालयमा प्राप्त भए तापनि, केही संस्थाहरु अनुमति नलिई प्रचलित कानुन विपरीत सञ्चालन भइरहेको जानकारी प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार अवैध शैक्षिक तथा परामर्श दार्ता संस्थाहरु सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र सबै गतिविधि बन्द गर्न निर्देशन गरिएको हो ।
प्रशासनले तोकिएको समयावधिभित्र निर्देशनको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने उनले चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण