काठमाडौँको सार्वजनिक ठाउँमा मागिखाने १०५ जना नियन्त्रणमा
मङ्गलबार, २९ वैशाख २०८३, २३ : ०७
काठमाडौँ । काठमाडौँको विभिन्न ठाउँमा मागिखाने १०५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार विभिन्न ठाउँमा मागिखाने र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १०५ जनालाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए ।
डीएसपी बुढाथोकीका अनुसार उनीहरूलाई तिलगंगास्थित मानव सेवा आश्रमको होल्डिङ सेन्टरमा ४५ जना र ४४ जनालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ । ९ जना रानिबनस्थित मानव सेवा आश्रममा पठाइएको छ । अन्यलाई बालाजु प्रहरी वृत्तमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण