ट्रम्प र सीबिच पश्चिम एसिया र युक्रेन युद्धबारे छलफल
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच मध्यपूर्वको अवस्था र युक्रेन युद्धबारे छलफल भएको छ ।
- दुई नेताले मध्यपूर्वको परिस्थिति लगायत प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गरे ।
- चीन इरानको निकट सहयोगी राष्ट्र भएकोले ट्रम्पले इरानमाथि प्रभाव प्रयोग गर्न सीलाई आग्रह गरेको हुनसक्ने अनुमान छ ।
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बिहीबार भएको उच्चस्तरीय वार्तामा पश्चिम एसियाको अवस्था र युक्रेन युद्धबारे छलफल भएको छ । चीन भ्रमणका क्रममा दुई नेताका बिचमा यी विषयमा छलफल भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको हो ।
चीनको सरकारी समाचार संस्था सिन्हवाका अनुसार दुई नेताले पश्चिम एसियाको परिस्थिति लगायत प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गरे । साथै रुस–युक्रेन युद्धबारे पनि उनीहरूबिच कुराकानी भएको बताइएको छ । विशेषगरी अमेरिका–इजरायल र इरानबिच जारी तनाव तथा युद्धबारे यो भेटघाट महत्त्वपूर्ण मानिएको छ ।
विश्लेषकहरूका अनुसार ट्रम्पले सिलाई इरानमाथि प्रभाव प्रयोग गरेर युद्ध अन्त्यतर्फ सहयोग गर्न आग्रह गरेको हुनसक्ने अनुमान गरिएको छ । चीन इरानको निकट सहयोगी राष्ट्र हो । उ इरानी तेलको मुख्य खरिदकर्ता पनि हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण