बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर, बागमती अब्बल
सारांश
- आर्थिक वर्ष २०८१/०८२ मा बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर देखिएको छ भने बागमती प्रदेश अब्बल देखिएको छ ।
- महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार बागमती प्रदेश सरकारको बेरुजु प्रतिशत सबैभन्दा कम शून्य दशमलव ८३ प्रतिशत छ ।
- मधेस प्रदेश सरकारको बेरुजु प्रतिशत ३ दशमलव ७७ प्रतिशत रहेको छ, जुन अन्य प्रदेशको तुलनामा बढी हो ।
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर देखिएको छ भने बागमती प्रदेश अब्बल देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यो आर्थिक वर्ष बागमती प्रदेश सरकारको बेरुजु प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेस प्रदेश सरकारको बेरुजु प्रतिशत अन्य प्रदेशको तुलनामा बढी छ ।
प्रतिवेदन अनुसार बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ यो वर्ष शून्य दशमलव ८३ प्रतिशत बेरुजु देखिएको छ । मधेस प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ भने बेरुजु प्रतिशत ३ दशमलव ७७ प्रतिशत छ ।
यस्तै, कोशी प्रदेश सरकार अन्तर्गत १ दशमलव १२ प्रतिशत, गण्डकी प्रदेश सरकार अन्तर्गत १ दशमलव ४४ प्रतिशत, लुम्बिनी प्रदेश सरकार अन्तर्गत १ दशमलव २७, कर्णाली प्रदेश सरकार अन्तर्गत २ दशमलव ०८ प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत १.५३ प्रतिशत बेरुजु देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक सार्वजनिक रूपमा देखिए इरानी रिभोलुसनरी गार्ड प्रमुख अहमद वहिदी
-
बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
-
राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण