महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी
सारांश
- राहत शिक्षकहरूले सांसद महावीर पुनले आफूहरूको बारेमा प्रतिनिधिसभामा दिएको अभिव्यक्ति तथ्यहीन, अशोभनीय र खेदजनक रहेको भन्दै सच्चाउन चेतावनी दिएका छन् ।
- नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले विज्ञप्ति जारी गर्दै पुनलाई आफ्नो अभिव्यक्ति सच्याउन भनेका हुन् ।
- सांसद पुनले संसदमा बोल्ने क्रममा राहत शिक्षकहरूले राम्रो नपढाउने र उनीहरूलाई कोटामा बदल्नुपर्ने बताएका थिए ।
काठमाडौँ । राहत शिक्षकहरूले प्रतिनिधि सभा सदस्य महावीर पुनले राहत शिक्षकका बारेमा वैशाख ३० गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति तथ्यहीन, अशोभनीय र खेदजनक रहेको भन्दै सच्चाउन चेतावनी दिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद पुनलाई आफ्नो अभिव्यक्ति सच्याउन भनेका हुन् ।
‘२०८३ वैशाख ३० गते बसेको सङ्घीय प्रतिनिधिसभाको बैठकमा सम्मानित सदनलाई सम्बोधन गर्ने क्रममा मा.महावीर पुनले राहत शिक्षकको सन्दर्भमा दिनुभएको अभिव्यक्ति अत्यन्त तथ्यहीन, अशोभनीय र खेदजनक रहेको साथै त्यस अभिव्यक्तिले आम राहत शिक्षकको आत्मसम्मानमा गहिरो चोट पुगेको छ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अन्यथा,अभिव्यक्तिको कारण पर्ने नकारात्मक प्रभावको जिम्मा सम्बन्धित पुनकै हुने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ । सांसद पुनले संसदमा बोल्ने क्रममा शिक्षामा सुधार गर्न राहत शिक्षकहरूले राम्रो नपढाउने भन्दै उनीहरूलाई कोटामा बदल्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण